दशगजा क्षेत्रमा युवा संघले पहरा दिने, हस्तक्षेप गरे प्रतिकार गर्ने


१४ साउन । युवा संघ नेपालले सत्तरी जिल्लाको तिलाठी गाविसस्थित दशगजा क्षेत्रमा भारतीय पक्षले गरेको दादागिरीको भत्र्सना गरेको छ ।

‘भारतीय पक्षले संवेनशीलता तथा अन्तराष्ट्रिय सीमासम्वन्धि मूल्य–मान्यताको समेत ख्याल नगरी दशगजा क्षेत्रमा अतिक्रमण गरी नेपाली भूमि डुवानमा पार्ने गरी वाँध निर्माण कार्यगरेर गलत गरेको छ,’ युवा संघ प्रवक्ता प्रभावविक्रम कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ त्यस्तो गलत कार्यको विरोध गर्दा सप्तरीवासी नेपाली दाजुभाई दिदीबहिनीमाथि भारतले नाङ्गो हस्तक्षेप गरेको छ, त्यसको युवा संघ भत्र्सना गर्छ ।

त्यसै गरी वाँध निर्माण कार्यको डटेर प्रतिकार गरी भारतीय दादागिरीलाई असफल बनाउँने सप्तरीवासी नेपालीलाई युवा संघले धन्यवाद दिएको छ । ‘उक्त घटनामा भारतीय पक्षवाट भएको दादागिरीको संघ घोर भत्र्सना गर्छ,’ विज्ञप्तिमै भनिएको छ, ‘आगामी दिनमा यस्ता घटना दोहोरिए युवा संघ प्रतिकार कदम समेत चाल्न बाध्य हुनेछ । भारतविरुद्ध संघर्ष गर्ने सप्तरीबासीलाई जस्तो सुकै सहयोग गर्न पनि युवा सघं तयार छ ।’

प्रतिक्रिया दिनुहोस्