दशरथ रंगशालाबाट बाबुरामको सपथः म, जे बोल्छु, त्यही गर्नेछु


३० जेठ । आइतबार दशरथ रंगशालामा नयाँ शक्ति नेपालको घोषणासभा हेर्न पुगेको दर्शकलाई समेत डा. बाबुराम भट्टराईले सपथ खुवाएका छन् । सवा लाख सदस्यलाई एकै पटक सपथ खुवाउने योजना अनुसार भट्टराईले त्यहाँ उपस्थित सबैलाई सपथ खुवाएका हुन् ।

आइतबार प्रकाशित कान्तिपुर, नयाँ पत्रिका, नागरिक, राजधानी, अन्नुपर्ण, दि हिमालय टाइम्स, अभियान, कारोबार दैनिक जस्ता दैनिक पत्रिकामा कभर पेजमा कर्पोरेट शैलीमा विज्ञापन छापेर आक्रमक प्रचार गरेका बाबुरामले सपथ खुवाउँदा पहिलो बुँदामै म …. नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु’ भन्न लगाएका थिए । भट्टराईले लिखित सपथ पढ्दै त्यहाँ उपस्थित सबैलाई दोहोर्‍याउन लगाएका थिए।
बाबुरामले खुवाएको सपथमा के छ ?
नयाँ शक्तिको सपथ स् जे बोल्छु त्यो गर्छु
१.म,(…) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
२. म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
३. म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
४. म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिकरसमावेशीरसहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
५. म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
६ .म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थका लागि राजनीति गर्नेछैन ।
७. म, सधैं श्रमको सम्मान गर्नेछु ।
८. म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
९. म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
१०. नयाँ शक्ति नेपाल, जिन्दावाद १

प्रतिक्रिया दिनुहोस्