दशैँलाई लक्षित गर्दै सिटी एक्सप्रेसले सुरु गर्यो निःशुल्क बस सेवा


काठमाडौ, १७ असोज । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा” सुरु गरेको छ ।

यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल बाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ ।
वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
उक्त उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल धुर्मुस र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्ट हरुले संयुक्त रुपमा रिबन काटि यो सेवा सुरु गरेका छन ।

प्रतिक्रिया दिनुहोस्