दशैंमा मेला हेर्न गएकी किशोरीको सामुहिक बलात्कार


रौतहट, ६ कात्तिक । दशैंको अवसरमा लाग्ने मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

गुजरा नगरपालिकाको मनर्वा टोलमा दशैको अवसरमा लाग्ने मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

घटनामा संलग्न रहेका तीनै जना फरार रहेको र उनिहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्