दाङको विपक्षमा मतदान गर्न कांग्रेसको सांसदहरुलाई ह्वीप


बुटवल, २० असोज  । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप  ह्वीप जारी गरेको छ । प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । ‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ कनौडियाले भने, ‘प्रदेशको नामाकरण लुम्बिनीमा भने हाम्रो असहमति छैन ।’

प्रतिक्रिया दिनुहोस्