दाङमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु,संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो


काठमाडौं,१२ असार । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्