दाङ एमाले अध्यक्षमा टिकाराम खड्का सर्वसम्मत


 १७ असोज । नेकपा एमाले दाङको अध्यक्षमा टिकाराम खड्का सर्वसम्मत अध्यक्ष चुनिएका छन् । १२ औँ जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सो सम्मेलनको उद्घाटन असोज १२ गते गरेका थिए ।

सम्मेलनमा उपाध्यक्ष युवराज ज्ञवालीदेखि उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोख्रेलसम्मको उपस्थिति थियो । उनीहरुले सम्मेलन उद्घाटन गरेर फर्केको पाँच दिनपछि दाङ एमालेले नयाँ नेतृत्व पाएको हो ।  असोज ५ देखि ९ गतेसम्म धुम्वाराहीमा बसेको नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ बैठकले आन्तरिक एकताका लागि १० बुंदे प्रस्ताव पारित गरेपछि सम्पन्न दाङको एमालेले खड्काको नेतृत्वमा सर्बसम्मत एमाले जिल्ला कमिटी निर्माण गर्न सफल भएको हो ।  अध्यक्ष मण्डलले उपाध्यक्ष हुकम बस्नेत, सचिव हिराचन्द्र केसी, उपसचिव सुरामणि बेलवासेसहित ८१ सदस्यीय कमिटी चयन गरेको हो ।

खुलातर्फका १८ जना सदस्यमा देवराज विश्वकर्मा, अमर ओली, चुर्णबहादुर ओली, भूपबहादूर केसी, अमर खड्का, नेत्रमणि लामिछाने, मनोहर बुढाथोकी, शरद अधिकारी, श्याम डाँगी, सुरेश आचार्य, नारायण छम्पाली, नरेन्द्रराज पोख्रेल, खिमबहादुर केसी, गेहेन्द्र बस्नेत, केशव न्यौपाने, दामोदर लामिछाने, पदम केसी र विनोद शर्मा चयन भएका छन् । खुला वैकल्पिक आठ सदस्यमा लालबहादुर केसी, रविलाल बस्नेत, सुब्बा तामाङ, जीतबहादुर ओली, कालिराम चौधरी, किरण भण्डारी, कुलबहादुर लामिछाने र धर्म परियार चयन भएका छन् । पाँच महिला सदस्यमा सावित्रा विश्वकर्मा, सीमा न्यौपाने, तारा देवकोटा, चित्रा धिताल र सावित्रा रिजाल चयन भएका छन् । खुल्ला महिला वैकल्पिकतपर्फ चार जना सदस्यमा सीता चौधरी, शिल्पा चौधरी, मनसरा ओली र सीता आचार्य चयन भएका छन् ।

एमाले सचिव योगेश भट्टराइले पनि सर्वसम्मत नेतृत्व चयन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका छन् । यद्यपि एक समूहले भने अध्यक्ष मण्डलको निर्णयको आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्