दातृ निकायका प्रतिनिधिसँग प्रम ओलीले भने, ढुक्कसँग लगानी गर्नुहोस्


२६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दातृ निकायका प्रतिनिधिसँग ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपालमा संविधान जारी भएसँगै लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुसँग त्यस्तो आग्रह गरेका हुन् ।

बुधवार सिंहदरबारमा बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी) का सचिव मार्क लोकक तथा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चआयुक्तको कार्यालय (युएनएचसिआर) का प्रतिनिधिसँगको छुट्टाछुट्टै भेटमा प्रधानमन्त्री ओलीसँग नेपालको आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे सौहार्दपूर्ण कुराकानी भएको थियो ।

भेटमा खासगरी नेपालको आर्थिक विकासमा कसरी बेलायतको लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार गोपाल खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्