दिल्लीमा देउवाले मोदी भेटे, आधा घण्टाको भेटघाटमा के–के कुराकानी भए ?

२३ कात्तिक । १९ कात्तिकमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । इन्डिया फाउन्डेसनले गोवामा गरेको कार्यक्रममा सहभागि हुने दिल्ली गएका देउवाले भारतीय प्रधानमन्त्री मोदीकै कार्यालय भेट गरेका हुन् ।
भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बुझिएको छ । भेटमा देउवा पत्नी आरजु, भारतीय विदेश सचिव एस जयशंकर तथा नेपाली दूतावासका अधिकारी पनि सहभागी थिए। उनीहरुबीच करिब ३० मिनेट कुराकानी भएको थियो । भएको भेट दुई देशबीचको हितका केन्द्रित रहेको बताइएको छ। देउवा बुधबार स्वदेश फर्किने कार्यक्रम छ।