दिल्लीमा हिंसा: मर्नेको संख्या १८ पुग्यो


दिल्ली,१४ फागुन ।  भारतको राजधानीमा चर्किएको हिंसाले झनै चर्को रुप लिएको छ । भारत सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोधमा हिंसा चर्किएको हो । हिंसामा परि मर्नेको संख्या १८ पुगेको छ । सोमबार र मंगलबार उत्तरपूर्वी दिल्लीको मौजपुरको चाँदबाग क्षेत्रमा तनाव चर्किंदा थप प्रहरी परिचालन गरिएको थियो । प्रहरीले जाफराबादमा जारी नागरिकता ऐन विरोधी धरना स्थललाई खाली गराएका छन ।दिल्लीको गोकुलपुरी क्षेत्रस्थित स्क्रैप बजारमा आज विहान आगजनी भएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार आज विहानै एक समुहले यहाँ आगजनी गरेर भागेका थिए । भारतले जारी गरेको नयाँ नागरीकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ।भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) समुदायका मानिसहरुलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन् । भारतीय संविधानको अनुच्छेद–१४ मा उल्लेखित समानताको अधिकारका विरुद्ध रहेको उक्त कानून नसच्याइएसम्म आन्दोलन जारी राख्ने मुस्लिम समुदायले चेतावनी दिदै आएका छन् ।

त्यसैगरि दिल्लीमा भएको हिंसाको क्रममा मृत्यु भएका प्रहरी हवल्दार रतनलालका परिवार धर्नामा बसेका छन । राजस्थानको सिकर निवासी मृतक हवल्दार रतनलाललाई सहिद घोषणा गर्न माग गर्दै उनको परिवार धर्नामा बसेको हो ।एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्