दीपक र दीपाको ‘छ माया छपक्कै’


काठमाडौं । लगातार व्यावसायिक सफलता पाइरहेका जोडी हुन्, दीपकराज गिरी र दीपाश्री निरौला । रेडियो नाटक, टेलिचलचित्र हुँदै ठूलो पर्दा प्रवेश गरेका यी जोडीले लगातार व्यावसायिक सफलता पाइरहेका छन् ।

वडा नम्बर छ, छ एकान छ र छक्का–पञ्जाको सीक्वेल बनाएर दर्शकको मन जितिरहेका यी जोडीले फेरि अर्को चलचित्र ल्याउदैछन्– छ माया छपक्कै । तर, यसपटक पनि यी जोडीले छ शब्द भने छोडेका छैनन् ।

दीपेन्द्र लामाको निर्देशन रहने चलचित्रको सुटिङ नयाँ वर्षको प्रारम्भसँगै शुरू हुनेछ जनाइएको छ । यो चलचित्र पनि दशैंको अवसर पारेर रिलिज हुनेछ ।

छ माया छपक्कैमा पनि यसअघिकै अधिकांश कलाकार दोहोरिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्