दुईदिनसम्म लगातार वर्षा, पूर्वी र मध्य तराईमा हुरीबतास सँगै असिनापानी


काठमाडौं,२६ चैत । दुईदिनसम्म लगातार वर्षा, पूर्वी र मध्य तराईमा हुरीबतास सँगै असिनापानी पर्ने मौसम विज्ञानविभागले जनाएको छ । तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।काठमाडौ लगाएतका विभिन्न स्थानमा विहानैदेखि पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्