दुई जर्नेललाई पछि पार्दे पूर्व एआइजी निर्देशकमा श्रेष्ठ नियुक्त


काठमाडौं, ८ बैशाख । नेपाली सेनाका दुइ जर्नेललाई पछि पार्दे परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थाको रुपमा चिनिएको प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ कार्यकारी निर्देशकमा बाजी मारेका छन् । मन्त्रीपरिषदको शुक्रबार बसेको उनलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरेको स्रोतले जनाएको छ ।

नेपाली सेनाका दुई पूर्व जनरलहरुलाई पछि पार्दै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनेका नियुक्त भएका हुन् ।

कार्यकारी निर्देशकका लागि सरकारले योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गराउंदा नेपाली सेनाका पूर्व उपरथीद्वय जगदीशचन्द्र पोखरेल, देबेन्द्रबहादुर मेधासी र सशस्त्र प्रहरीका पूर्व एआइजी श्रेष्ठ अन्तिम तीन सूचीमा परेका थिए । त्यसमध्ये पूर्वउपरथीद्वय पोखरेल र मेधासी परराष्ट्रमन्त्री ज्ञवालीको गृहजिल्लाका हुन् भने कार्यकारी निर्देशक बन्ने मौका पाएका श्रेष्ठ ओखलढुङ्गाका हुन् ।

प्रतिक्रिया दिनुहोस्