दुई तिहाईको दम्भ देखिएपछि बहिष्कार ग-यौं: कांग्रेस नेता कार्की


काठमाडौ, १८ साउन । कांग्रेस सांसद ज्ञानेन्द्रबहादु कार्कीले नेकपाले दुई तिहाईको दम्भ देखाएर मतदान प्रक्रिया अघि बढाएकाले संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गरेको बताएका छन् । बैठक बहिष्कारपछि बाहिरिदैं गर्दा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले प्रक्रियालाई पन्छाएर नेकपाले दुई तिहाईको दम्भ देखाएको आरोप लगाए । ‘दुई तिहाईको दम्भ देखाएर प्रक्रियालाई पन्छाएर मतदानमार्फत गर्न लागिएको निर्णय कांग्रेसका लागि मान्य छैन ।’ कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्