दुई दिन हिँडेर खाद्यान्न ओसार्दै


साउन । जुम्ला सदरमुकाम खलङ्गाबाट ५१ किलोमिटर टाढा रहेको ताम्ती–९ मछाली बुढावाडाका बासिन्दा दुई दिन हिँडेर खाद्यान्न ओसार्दै आएका छन् ।

जाजरकोट र जुम्लाको सिमाना नजिक रहेको सो गाउँमा उत्पादन न्यून भएका कारण खाद्यान्न जोहो गर्न दुई दिन हिँडेर खलङ्गा धाउनु पर्छ । पिठ्यूँमा खाद्यान्न बोकेर उनीहरु सास्ती खप्न बाद्य छन् ।

ताम्ती–७ का लालबहादुर शाही खेतीयोग्य जमिन अभावका कारण खाद्य समस्या झेल्नु परेको बताउछन् । कोदो, चिनो, कागुनोलगायतका बाली न्यउून मात्रामा उत्पादन हुन्छ । त्यहाँका बासिन्दा नुन, तेल, चामललगायतका वस्तु दुई दिनको पैदल बाटोमा पिठ्यूँमा ओसार्दै आएका छन् ।

बुढावाडा गाउँका मग्दुल शाही आफ्नो उत्पादनले तीन महिना खान पुग्ने बताउनुहुन्छ । रोजगार नहुदा हुनेखानेहरुबाट ऋण लिई खाद्यान्न तथा अन्य सामग्री किन्नु परेको उनले बताए । स्थानीयवासी कुडारी बजारबाट खाद्य सामग्री खरिद गर्छन् । खाद्यान्नको सहज पहुँच नभएपछि उनीहरुले नेपाल खाद्य संस्थानको डिपो कार्यालय ताम्ती–८ टोप्ला गाउँमा राख्न माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्