दुई मन्त्री थपिँदै, बिहीबार अपराह्न सपथ गराइने


५ माघ । वर्तमान सरकारमा दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह खानेपानी तथा सरसफाइ र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्न लागेका हुन्  ।

सांसद खड्काले आफूहरुको पार्टीको सिफारिसबमोजिम प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिसमक्ष पठाएको जानकारी दिए । उनीहरुलाई बिहीबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्