दुल्लूमा नापी र मालपोत कार्यालय सुरु


२ पुस । दैलेख जिल्लाको क्षेत्र नम्बर २ को दुल्लूमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । ती दुबै कार्यालयको त्यस क्षेत्रका सांसद तथा नेकपा (एमाले) का बैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेलले शनिवार उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद पोखरेलले आफूले निर्वाचनको बेला गरेको प्रतिबद्धताअ अनुसार यस क्षेत्रका जनताको सुविधाका लागि दुबै कार्यालय स्थापना गर्ने निर्णय गराएको र अब जनताले सुविधा पाउने बताए ।

क्षेत्र नम्बर १ का सांसद अमरबहादुर थापाले जनतालाई पायक पर्ने गरी यस्ता कार्यालय स्थापनाले स्थानीय रुपमा फाइदा पुग्ने बताए ।

कार्यालय स्थापनापछि क्षेत्र नम्बर २ को दुल्लू नगरपालिका र १९ वटै गाउँ विकास समितिका जनताले नापी र मालपोतसँग सम्बन्धित कामका लागि सदरमुकाम दैलेख बजार जानुपर्ने छैन ।

ती दुबै कार्यालय एमालेका नेता दलबहादुर राना भूमिसुधार तथा व्यवस्थामन्त्री भएको बेला स्थापना गर्ने निर्णय गरिएका हुन् । दुबै कार्यालय पटांगिनीमा स्थापना गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्