दुवै खुट्टा नभएका चिनियाँ नागरिकले गरे सगरमाथाको सफल आरोहण


काठमाडौ, १ जेठ । दुवै खुट्टा नभएका एक चिनियाँ नागरिकले ‍सगरमाथाको सफल आरोहण गरेका छन्।
दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ पर्वतारोही सिया बोयुले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुष्टी गरेको छ।
उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो भनिने दुवै खुट्टा नभएका आरोही हुन्।
नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ६ महिनाअघि ल्याए पनि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहण गर्न सफल भएका हुन्।
सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८.३० बजे सगरमाथाको शिखर पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्