देउवामाथि क्षेत्रीवादको आरोप, मन्त्रीमा क्षेत्रीलाई प्राथमिकता


१० साउन । मन्त्रीहरुले सपथ लिई नभ्याउँदै सत्तारुढ कांग्रेसभित्र कलह सुरु भएको छ । महाधिवेशनमा क्षेत्रीको नारा लगाएर जितेको आरोप खेपिरहेका सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट मन्त्री बनाउँदा क्षेत्रीलाई मात्रै प्राथमिकता दिएपछि आन्तरिक असन्तुष्टी झन् चुलिएका छ ।

सुशील कोइरालाले देउवामाथि क्षेत्रीयतावादी मात्र नभएर क्षेत्रीवादी समेत भएको आरोप त्यसै लगाएका रहेनछन् भन्ने कांग्रेसका नेता कार्यकर्ताले अहिले सम्झना गरिरहेका छन् । देउवाले आफ्नो कोटाबाट विहीबार सिफारिश गरेका छ जनामध्ये पाँच जना क्षेत्री छन् । शहरी विकासमन्त्री अर्जुननरसिंह केसी, परराष्टमन्त्री प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँड, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र पर्यटनमन्त्री जीवनबहादुर शाही क्षेत्री हुन् । उनले सिफारिश गरेकोमा सूर्यमान गुरुंग एकजना जनजाति परेका छन् भने महिला एकजना पनि पारेनन् । देउवाले एकजना पनि बाहुनलाई मन्त्रीमा सिफारिश गरेनन् ।

महाधिवेशनमा अलग प्यानलबाट चुनाव लडेर भए पनि गगन थापाले देउवालाई सघाउनु र अहिले मन्त्री हुनुमा पनि क्षेत्रीकै कारणले काम गरेकोका कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्