देउवाले बाबुरामको पार्टीलाई गरिखाने देखेपछि…


३० जेठ । नयाँ शक्ति पार्टी नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिखाने पार्टी भनि प्रशंसा गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको घोषणासभामा शुभकामना दिन दशरथ रंगशाल पुगेका देउवाले यस्तो यस्तो प्रसंसा गरेका हुन् ।

‘यहाँको उपस्थिति हेर्दा यो पार्टी सक्षम र अग्रणी भर्इ गरिखाने देखिन्छ,’ उनले भने । कार्यक्रममा शुभकामना दिदैँ उनले देशमा लगानीको वातावरण बनाउन बन्द, हड्ताल र जुलुस जस्ता कार्यक्रम रोक्नुपर्ने सुझाव पनि दिए ।

देउवाले नयाँ शक्तिले देशको आर्थिक विकासलाई अघि बढाउन सक्षम हुने विश्वास व्यक्त समेत व्यक्त गरे । ‘नेपाललाई समृद्ध बनाउने कुरामा नयाँ शक्ति केन्द्रित होस्,’ उनले भने । देउवाले मुलुकलाई आर्थिक विकास र समृद्धिमा लैजान लगानीका हरेक क्षेत्रमा सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्