देउवाले विज्ञप्ति निकालेर भने, ‘प्रहरी महानिरीक्षकको नियुक्तिमा मेरो संलग्नता छैन’


 १ फागुन । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही सञ्चारमाध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेको भन्दै नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उनले एक विज्ञप्तिमार्फत त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पारेका छन् ।

‘कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु’ सभापति देउवाका तर्फबाट उनका सहयोगी केशवराज जोशीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया दिनुहोस्