देउवा र ओलीबीच एमाले संसदीय दलको कार्यालयमा छलफल


२६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच भेटघाट भएको छ । बिहीबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका ओलीले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् । एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । छलफल दिउँसो पौने चार बजेबाट सुरु भएको पनि बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्