देउवा सिंगापुर जानेभएपछि संवैधानिक परिषदको बैठक स्थगित


काठमाडौ, २३ साउन । संवैधानिक परिषद्को आज बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्न बस्ने भनिएको परिषद्को बैठक अर्को कुनै मिति तय नगरी स्थगित भएको गरिएको हो ।

परिषद्का सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि बुधबारै सिंगापुर जाने भएकाले परिषद्को बैठक स्थगित गरिएको हो ।

देउवा दिउँसो १ बजे श्रीमति आरजुसहित उपचारका लागि सिंगापुर जाँदैछन् ।

यसअघि उनी गत साउन ६ गते नै सिंगापुर जाने तय भएपनि गोविन्द केसी प्रकरणमा आन्दोलन उत्कर्षमा रहेकाले त्यसवेला देउवाले आफ्नो भ्रमण स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्