देशका विभिन्न भागमा सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गयो


काठमाडौं, १३ बैशाख । कञ्चनपुर, ललितपुर, धादिङ, झापा, नवलपरासी पश्च्मि र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका ३ देखतभुलीस्थित सडकमा ना. ७ त ४०४ नम्बरको ट्याक्टरले बिहीबार दिउसो ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने ७ वर्षीया सोबम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै ललितपुर महानगरपलिका १४ महालक्ष्मीस्थित सडकमा ना.७ ख ०८१३ नम्बरको ट्याङ्करले लु.२८ प ४४३२ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीया पार्वती चौधरीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर ताल्छीखेल बस्ने नवलपरासी घर भएका २३ वर्षीय विष्णु चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधन सहित ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, धुनिबेशी नगरपालिका ६ स्थित सडकमा लु.२ ख ४३० नम्बरको ट्रकले बिहीबार बिहान ठक्कर दिँदा हाल नाम, थर, नखुलेका करिब ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कन्काई नगरपालिका १ दुर्गापुरस्थित सडकमा ६६–१–०४१४ नम्बरको गाडीले बिहीबार बेलुका साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईकलयात्री कालिमोडा डेरा गरी बस्ने पाँचथर नागी ६ घर भएका ४० वर्षीय उमेश हिङमाङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी९पश्चिसम०, सुनवल नगरपालिका(४ रमवापुरस्थित सडकमा लु.३३ प ३८७२ नम्बरको मोटरसाइकल बिहीबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनवल नगरपालिका ४ स्थित होटल व्यवसाय गरी बस्ने पर्वत महाशिला गाउँपालिका १ घर भएका २७ वर्षीय मदन बुढाथोकीको जेनस अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रूपन्देही देवदह घर भएका ४६ वर्षीय जगन प्रसाद थारूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट, यमुनामाई गाउँपालिका १ स्थित सडकमा ना।७ त ७२५ नम्बरको ट्याक्टरमा बिआर ३०–टि–७७९७ नम्बरको मोटरसाइकल बिहीबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामरित सहनीलाई उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय धिरज सहनी अल्पाईन अस्पताल सिमारा बारामा उपचार पश्चात डिस्चार्ज भएका छन् । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्