देशभरका सूचनाहरू दिन सक्ने गरी हटलाइन र कल सेन्टर स्थापना गर्दैछौं: महानिर्देशक डा. श्रेष्ठ


काठमाडौं,२९ फागुन । स्वास्थ सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले कोरोना भाइरसको संक्रमणबारे सही सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित अन्तरक्रियामा महानिर्देशक श्रेष्ठले गलत सूचना प्रवाह हुँदा समाजमा नकारात्मक प्रभाव परिरहेको उल्लेख गरे।

कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सरकारले गम्भीर भएर काम गरिरहेको बताउँदै उनले मन्त्रालयले हटलाइन र कल सेन्टर स्थापना गर्ने तयारी गरेको जानकारी दिए। “देशभरका सूचनाहरू दिनसक्ने गरी कल सेन्टर स्थापना गर्दैछौं। यो २/३ दिनभित्रै हुन्छ”, महानिर्देशक श्रेष्ठले भने।

उनले विभिन्न ४१ स्थानमा हेल्थ डेस्क स्थापना गरेको जानकारीसमेत दिए।

प्रतिक्रिया दिनुहोस्