देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम


काठमाडौं, १२ कात्तिक । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ ।

मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्