देशले निकास पाउने यस्तो छ योगेश भट्टराईको नयाँ प्रस्ताव


२८ पुस । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रमुख तीन राजनीतिक दल मिल्नाको विकल्प नभएको बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा बिहीबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक ठाउँमा उभिने हो भने मुलुकले समाधान पाउने विश्वास व्यक्त गरे ।  ‘तीन शक्ति एक ठाउँमा आउनेबित्तिकै देश संविधान कार्यान्वयनको दिशामा अघि बढ्नाका साथै मधेसी मोर्चाका माग पनि पूरा हँुदै जाने छ र सहमतिमा आउन दबाब हुने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्