दैलेखमा बस दुर्घटना, कम्तीमा दशको मृत्यु


३१ जेठ । दैलेखको आठवीस नगरपालिका–४ मा नैनाल भन्ने ठाउँमा बस दुर्घटना भएको छ । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस करिब २–३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परी ७ पुरूष, २ महिला र एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्