दोलखाका केसी प्रदेश एकता समाज कोरियाको उपाध्यक्षमा निर्वाचित


काठमाडौं, १७ वैशाख । दोलखाका युवा सरोज केसी प्रदेश नं–३ एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा निर्बाचित भएका छन् । दक्षिण कोरियाको राजधानी सियोलस्थित नेपाल हाउसमा आईतबार सम्पन्न समाजको प्रथम अधिबेशनबाट केसी उपाध्यक्षमा निर्बाचित भएका हुन् । उनी दोलखाली समाज दक्षिण कोरियाको अध्यक्षसमेत छन् । समाजसेवाको क्षेत्रमा कृयाशील केसी बैतेश्वर गाउँपालिका मृगेका स्थायी बासिन्दा हुन् ।
त्यस्तै, अधिवेशनबाट दोलखाकै ज्ञानु चौहान कोषाध्यक्षमा निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्