दोलखाका स्थानिय तहमा सहकारीको अनुगमन शुरु


दोलखा, २४ बैशाख । जिल्ला समन्वय समिति दोलखा का प्रमुख डबल पान्डेको नेतृत्वमा स्थानिय जनप्रतिनिधि र सरकारी टोलीले स्थानिय स्तरमा भएका सहकारीको अनुगमन सुरु गरेका छन् । सहकारी मुल्यमान्यता अनुसार संचालन भएनभएको,स्थानिय स्तरमा सहकारीको प्रभावकारीता र त्यसले सदस्यलाई दिने सेवासुविधाको वारेमा अनुगम गरिएको जिसस दोलखाका सदस्य मुरारीराज शिवाकोटीले जानकारी दिए । अनुगमनको क्रममा सोमवार दोलखाको बैतेश्वर गाँउपालिकामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी सस्थाको अनुगमन पछि भएको छलफल कार्यक्रममा सहकारी अभियान को पछिल्लो अवस्था,गाउँपालिकाले निर्माण गर्न लागेको सहकारी ऐन, सहकारी एकीकरणका बिषयमा छलफल भएको थियोे कार्यक्रममा जनसचेतन साकोस का अध्यक्ष भिमप्रसाद दहाल उपाध्यक्ष हेमन्त चौलागाईं र कामु प्रमुख कार्यकारी अधिकृत नबराज दहाल ले सस्थाको गतिविधिको बारेमा जानकारी अनुगमन टोलीलाई गराएका थिए । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको सो सस्थाले हाल दोलखाको ७ स्थान बाट सेवाकेन्द्र मार्फत सदस्य हरुलाई सेवा दिइरहेको छ। कुल १अरब ८ करोड कुल पुजी रहेको सस्था मा २५ हजार सदस्य रहेको छन१सस्थाले सदस्य हरु लाई बित्तीय तथा गैरबित्तिय सेवा मार्फत सदस्यको आर्थिक तथा सामाजिक बिकास गरि २०८४ साल सम्म निरपेक्ष गरिबीबाट मुक्ति गर्ने लक्ष्य रहेको अध्यक्ष भिमप्रसाद दहालले जानकारी दिए । अनुगमन टोलीमा बैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्य ,जिसस सदस्य मुरारिराज सिवाकोटी ,जिसस का सामाजिक बिकास अधिकृत नारायण प्रसाद सेढाई,गरिबी निवारण कार्यक्रम दोलखा का प्रमुख धुर्ब लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्