दोलखाको छुट्टा छुट्टै घटनामा परि २ जनाको ज्यान गयो


काठमाडौ, ८ जेठ । दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा भएको छुट्टा छुट्टै घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
जिल्लाको शैलुङ गाउँपालिकाको काटाकुटीमा पौडी खेल्ने क्रममा र कालिञ्चोकको कुरीमा लडेर एक÷एक जनाको मृत्यु भएको हो भने सुन्द्रावतीमा आगलागि हुँदा एकै परिवारका ३ जना घाईते भएका हुन् । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ५ काटाकुटीमा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । मृत्य हुनेमा सोलुखुम्वु घर भएका २७ वर्षीय कुवेरमान नाछिरिङ राई रहेका छन् । पुननिर्माणको कामका लागि दोलखा आएका राईको हिजो दिउँसो फस्कु खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । मृतक राईको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जिल्लाकै कालिञ्चोक गाउँपालिकाको वडा नम्वर १ कुरीमा लडेर एक पुरुषको मृत्यु भएको छ । दाङको हसनपुर नगरपालिका वडा नम्वर ११ घर भएका ४६ वर्षीय लोमासिंह बुढामगरको लडेर मृत्यु भएको हो । दाङ घर भई दोलखामा लेवर काम गर्दै आएका बुढामगरको हिजो साँझ ट्वाईलेटमा लडेर मृत्यु भएको अनुमान गरिएको छ । मृतकको शरीरमा चोट रहेकाले लडेर मृत्यु भएको अनुमान गरिएपनि घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक प्रधानले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टपछि आफन्तले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्