दोलखामा खोलाले बगाएर महिलाको ज्यान गयो


दोलखा, २२ साउन । दोलखाको कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक महिलाको ज्यान गएको छ ।
कालिञ्चोक गाउँपालिका ६ लापिलाङस्थित लेप्टुङकी ३४ बर्षिया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको हो । हिजो दिउँसो गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कदै गरेकी खड्कालाई खोलाले बगाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निक्षिक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार मृतक खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो ।

घटना हिजो दिउँसोकै भएपनि राति अवेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा आज विहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरिक्षक काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्