दोलखामा जन्मेका डाक्टरलाई सम्मान गर्दै भिमेश्वर नगरपालिका


दोलखा १६ जेठ । दोलखामा पहिलो शैक्षिक विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सव हुने भएको छ । महोत्सवमा दोलखामा जन्मेका विद्याबारिधी पीएचडी उपाधी प्राप्त गर्नेहरुको पहिचान र सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । जिल्लाबाट हालसम्म ४६ जना पीएचडीहरुको पहिचान भइसकेको बताइएको छ । जेठ १७, १८ र १९ गते कालिञ्चोक मावि चरिकोटमा हुने महोत्सवमा विज्ञान र प्रविधि सम्बन्धि स्टलहरु हुने छन् । विज्ञान र प्रविधिका बारेमा विद्यार्थीहरुले प्रायोगशालामा आविस्कार गरेका नयाँ वस्तु समेत राखिने आयोजक भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिए ।
दोलखालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको उनले बताए । महोत्सवमा सांस्कृतिक झाँकी, भेषभुषा, हस्तकलाका सामाग्री, बालबालिकाहरुका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्