दोलखामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाईते


दोलखा, ८ साउन । दोलखाको भिरकोटमा बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर २ भिरकोटमा मंगलबार बोलेरो दुर्घटना हुँदा जिल्ला समन्वय समिति दोलखामा कार्यरत भीमेस्वर नगरपालिकाको कुप्रिका मुनहरी थापाको घटनास्थलमै मृत्यु भएको छ ।

भिरकोटको माझि गाँउ नजिकैको भिरवाट बोलेरो खस्दा दुर्घटनामा परी जिल्ला समन्वय समितिका ईन्जिनियर नारायण शिवाकोटी र बोलेरो चालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । घाईते दुवैको अवस्था गम्भिर रहेको र घटनास्थलवाट उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाईएको किराति छाप प्रहरी चौकीका ईन्चार्ज असई बिजयप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्