दोलखामा बोलेरो दुर्घट्ना एकको मृत्यु, ३ घाईते


दोलखा, १६ असार । दोलखाको बैत्यश्वर गाउँपालिकाको खावामा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शनिवार भएको दुर्घटनामा परि बोलेरो चालक जिरी नगरपालिका ९ ठूलोपातलका अन्दाजी १९र२० वर्षीय सुवास तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । दुर्घटनामा परि जिरी नगरपालिका वडा नम्वर ९ का २० वर्षीय मंगले तमाङ, ५२ वर्षीय दिल बहादुर तमाङ र वैत्यश्वर गाउँपालिका १ गैरीमुदीका ५५ वर्षीय कर्ण बहादुर तमाङ घाइते भएका छन् । उनीहरु सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्लाको वैत्यश्वर गाउँपालिका वडा नम्वर ७ मार्वुबाट धानको भुस लिएर जिरी नगरपालिका वडा नम्वर ९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नम्बरको बोलेरो शनिवार बिहान करिव ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्