दोलखामा संघीय संरचना अनुसार सामुदायिक बन माहासङ्ग गठन


rabiदोलखा, २९ बैशाख । सामुदायिक बन उपभोक्ता समुह बैतेश्वर गाउँपालिका माहासङ्ग को प्रथम अधिबेशन सम्पन्न भएको छ ।

देशको संघिय संरचना अनुसार दोलखाको बैतेश्वर गाउँपालिकामा शनिबार सम्पन्न भएको प्रथम अधिबेशनले गोमा दहालको अध्यक्षतामा १६ सदस्यीय गाउँपालिका माहासङ्ग कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भरत उप्रेती, सचीव जय बहादुर तामाङ, सहसचिव गणेश खत्री ,कोषाध्यक्षमा सारदा घिमिरे चयन भएका छन् । त्यसैगरी समितिको सदस्य सुजु तामाङ,चमेली खत्री ,इन्द्र प्रसाद दहाल,बिन्दा नेपाली ,राधा मिजार,लगायत रहेका छन् । अधिवेशनले शेर बहादुर खड्कालाई लेखा तथा अनुगमन समिति संयोजक चयन गरेको छ ।

कार्यक्रममा सामुदायिक बन महासङ्गका केन्द्रिय सदस्य भोला खतिवडा ले सामुदायिक बन सामुदायिक बन देशकै उत्कृष्ट समाबेशी स्थाई सस्था भएको ले बिकास निर्माणमा साझेदारी गरेर अघि बढ्न स्थानीय सरकार लाई अनुरोध गरे । उनले बन सङ सम्बन्धित निति नियम निर्माण गर्दा सामुदायिक बनका सदस्य हरुको बिज्ञताका आधारमा गरिनुपर्ने बताए।

त्यसैगरी बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यले ग्रामीण बिकास तथा नेतृत्व बिकास मा सामुदायिक बनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा स्थानीय तहको बिकास निर्माण मा सामुदायिक बनलाई सङै लिएर जाने प्रतिबद्धता व्यक्त गरे । उनले सामुदायिक बनलाई दिगो बिकास को अबधारणा अनुरुप अघि बढ्न आग्रह पनि गरेका छन् । उनले गाउँ पालिकाले निर्माण गर्ने बन ऐन तथा अन्य निति नियम निर्माण मा सामुदायिक बनको बिज्ञतालाई प्रयोग गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जिल्ला माहासङ्ग का माहसचिब जगन्नाथ बस्नेत,सचीव धुर्ब आचार्य कार्य समिति स्थाई सदस्य सीता केसि,नवीनकुमार खतिवडा,सिल्भर स्टार स्कुल का प्रीन्सिपल बिमला घिमिरे लगायत ले सुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्