दोलखामा सत्ताको चरम दुरुपयोग, गुण्डागर्दी शैलीमा बुथ कब्जा गर्न थालेपछि केही ठाउँमा सेनाको हस्तक्षेप


३१ दोलखा । जिरी नगरपालिका, भीमेश्वर नगरपालिकासँगै कालिञ्चोक, गौरीशंकर, तामाकोसी, मेलुङ, बिगु, बैतेश्वर, सैलुङ गरी सात ओटा गाउँपालिका रहेको दोलखा जिल्ला आज भैरहेको निर्वाचनमा सबै भन्दा बढी अशान्त रहेको छ । सो जिल्लामा ठाउँठाउँमा गोली चलेको छ भने केही ठाउँमा हवाई फायर भएको छ ।

सुरक्षाकर्मीको चरम लापरवाहीका कारण जिल्लाका अधिकांश स्थानमा मतदान प्रक्रियामा समस्या भएको छ । एमाले नेता पशुपती चौलागाईले दिएको जानकारी अनुसार तामाकोशी गाउँपालिकाको झुले मतदान केन्द्रमा हवाइफायर भएको छ भने जफे मतदान केन्द्रबाट मतदान अधिकृतलाई नै सुरक्षाकर्मीले अपहरण गरेर लगेर जंगलमा छाडिदिएका छन् । उनीहरुले मतदान केन्द्रमा सुरक्षा दिन नसकिने भन्दै गाउँपालिकाका अध्यक्ष उम्मेदवारलाई नै जंगलमा लगेर छाडिदिएका हुन् । त्यसैगरी शहरे मतदान केन्द्रमा अहिलेसम्म मतदान प्रक्रिया अघि बढ्न सकेको छैन ।

बैतेश्वर गाउँपालिका एक र दुईमा काँग्रेसले कब्जा गरेको पनि नेता चौलागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार मेलुङ गाउँपालिकामा चुनाव स्थगन भएको छ । कालिञ्चोकको चित्का केन्द्रको पनि मतदान स्थगन भएको चौलागाईँले जानकारी दिनुभयो । बिगु गाउँपालिकामा भएको भडपमा सुरक्षाकर्मीले कुनै पनि भूमिका नखेलेको भन्दै चौलागाइृले आप्पति जनाउनु भएको छ । ‘धेरै ठाउँमा हवाई फायर भएको छ,’ उहाँले भन्नुभयो, ‘कतिपय स्थानमा हाम्र कार्यकर्ता कति हताहत भए भन्ने एकिन छैन । सुरक्षाको ग्यारेण्टी नहुँदा हामी समस्यामा परेका छौँ ।’

त्यसैगरी दोलखाकै बिगु वडा नम्बर ६ आलमपुरमा पनि शनिबार राती काँग्रेसका कार्यकर्ताले घरेलु हतियारसहित आक्रमण गर्दा एमालेका करिब आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । आइतबार बिहान मतदान केन्द्रको सुरक्षा जिम्मा सेनाले लिएपछि मतदान अहिले त्यहा सुचारु छ ।

कांग्रेस ज्यादतीका कारण दोलखास्थित तामाकोशी गाउँपालिकाको भन्नेचौरको मतदान केन्द्र तनावग्रस्त भएको एमालेले जानकारी दिएको छ । दालखाकै जफेमा कांग्रेसका कार्यकर्ताले भाला, खुकुरी र खुँडा लिएर एमाले कार्यकर्तालाई लखेटेको सो गाउँपालिकाका अध्यक्षका उम्मेदवार ईश्वरचन्द्र पोखरेलसहितको टोली मतदान केन्द्रबाट बाहिरिएको छ । सशस्त्रकै अगाडि उनीहरुले ढुंगामुढा गरेपछि त्यहाँ पनि तनाव भएको एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्