दोलखालीले रिजर्भ गरेको मिनिबस धादिङमा दुर्घटना, दुईको ज्यान गयो


काठमाडौ, ८ वैशाख । दोलखाबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका ३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए । २५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए ।

बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्