दोस्रो निर्वाचनमा पनि एमालेको शतक पूरा, इलाममा आए महेश बस्नेत


१९ असार । स्थानीय तहको दोस्रो निर्वाचनमा पनि नेकपा (एमाले) पहिलो बन्ने निश्चित भएको छ । शतक पूरा गरेको एमालेले जित्ने क्रम अझै जारी छ । इलाम नगरपालिकाको मेयरमा एमालेका महेश बस्नेत विजयी भए ।

२०५४ सालमा पनि उनले इलाम नगरपालिकाको मेयर जितेका थिए । बस्नेतले ११ हजार ३३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले ९ हजार २६८ मत ल्याए । उपमेयरमा पनि एमालेकै सुशीला नेम्बाङले जितेकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्दा कार्कीलाई पराजित गरेकी छिन् । नेम्बाङले १० हजार ९४६ मत ल्याएकी छिन् । कार्कीले भने ९ हजार २५४ मत ल्याएकी छिन् । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ ।

अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहले ४ हजार ९ सय ५० मत प्राप्त गरेकी छिन् । गुल्मीको स्मा र मदानेमा पनि एमाले विजयी भएको छ । गुल्मीको इस्मा गाउँपालिका अध्यक्षमा एमालेका लक्ष्मण बिष्ट र उपाध्यक्षमा विमलाकेसी विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस्