दोहाको सीधा उडान


जनवरी १३, २०११ अर्थात् पुस २९, २०६७ को विहान एक अविस्मरणीय विहान । मेरो आप्mनो जीवनकै लागि अत्यन्त नवीन विहान ।

विगतका दिनहरुका बिहानभन्दा नितान्त बेग्लै भएर उपस्थित भएको छ आजको बिहान मेरो सामु । एक प्रकार आश्चर्यको चौघेरोभित्र रहेकोजस्तै अनुभूति भइरहेको छ मलाई । आजैको दिन, आप्mनै घरलाई निरीह, निःसहाय र उजाड बनाएर केही वर्षका निमित्त बिदा भएर निस्कनु पर्नेछ बिरानो देशको लागि । एक प्रकार नमज्जा पनि लागिरहेको छ मलाई । लथालिङ्ग छन् सबैतिर । प्रत्येक कोठाहरुलाई चियाउँछु सुटुक्क र सुमसुम्याउँछु मनमनै । सायद पराई घर जाने छोरीले पनि आपूm अन्मिएर जाने बेलामा जन्म घर छोडेर जाँदा यस्तै सोचेकी हुन्छिन् होलिन् भन्ने लागिरहेको छ मलाई । किनकिन मलाई पराइ घरजस्तै लागिरहेकोछ आप्mनै घर पनि आज । अनि नजानिँदो किसिमले एकदमै अनौठोअनौठो लागिरहेछ आप्mनै भान्सा कोठा, बैठक कोठा र शयन कक्ष पनि । मनभरि नाना थरिका कुराहरु खेलिरहन्छ् अनायसमा । यस्तैमा बिहानै पिच्छे छतमा चारो खान आउने हुलका हुल परेवाहरुले के सोच्लान् भोलिदेखि भनेर कल्पन्छु मनमनै । कनिका र गहुँका दानाहरु चुच्चोले टिप्दै खुसी भएर मकमक घुरघुर गर्दै रहरलाग्दो गरी फनफनी नाच्ने परेवाहरुको मधुर संगीत र नृत्य विनाको बिहान बित्ने छ भोलिदेखि । फेरि बडो दुःख र मिहनेतले रत्नले रोपेकी छतको डिलडिलका गमलाहरुमा मुस्कुराइरहेका पूmलहरुको हेरविचार गर्ने फुर्सद भाइ मङ्गल (मेरो मामाको जेठा छोरा) र बुहारी टीकामायालाई हुन्छ कि हुँदैन होला भन्दै झिजिन्छु म । यस्तैयस्तै चाहिने नचाहिने कल्पनाको सेरोफेरोमा हराएँ म आप्mनै घरमा । मान्छेको सोच र विचार पनि अनौठै हुने रहेछ । आप्mनै घरमा पनि सजिलैसँग हराउन सकिने रहेछ कहिलेकाहिँ ।

भाइ मङ्गल अर्थात् मेरो मामा पदमबहादुर राईका जेठो छोरा हुनुहुन्छ । जस्लाई आप्mनो विदेश बसाइको अवधिभर घरको रखवारी लगायत सम्पूर्ण जिम्मा सुम्पिने काम गरेको छु । विदेश यात्रामा लैजानु पर्ने हाम्रा व्यागहरु भाइ मङ्गल र भतिज विजय (मेरो माहिला काकाको छोरा भीम राईको पुत्र) ले तयार पारेर तेश्रो तलादेखि भुइँतलामा पुर्याउने काममा व्यस्त रहेका छन् यसबेला । सहयोगी हातहरु नभए निकै नै कठिनाइमा पर्ने स्थितिमा छु म यी दिनहरुमा । किनकि गत नभेम्वर १९, २०१० को दिनमा रत्नको अपरेशन भएकोले पूर्णरुपमा आराम गर्नुपर्ने चिकित्सकको सल्लाह छ रत्नलाई । तर कार्यालयले सम्भव भएसम्म चाँडो खटाएको स्थानमा जान आदेश दिएको छ मलाई । दिनगन्तीकै हिसावले पनि अपरेशन गरेको छपन्न दिनमात्र भएकोले सामान उचाल्ने वा बोक्ने काममा बन्देज छ रत्नलाई । आप्mनो घरेलु समस्या जे भए पनि कार्यालयको कामले काठमाडौँबाट कतारको राजधानी दोहाका लागि उडान भर्नै पर्ने भएकोले आज प्रस्थानको लागि तयार हुने क्रममा छौँ हामीहरु ।

अस्ति डिसेम्वर २९, २०१० का दिन इमेलबाट कागजी प्रवेशाज्ञा प्राप्त भएको छ कतारको । विशेषतः गल्फ (खाडी) का देशहरुले प्रवेशाज्ञा (भीसा) को छाप सक्कल राहदानीमा लगाई दिने प्रचलन छैन । खाडी क्षेत्रका देशहरुका यात्रामा जानेहरुलाई, जुन देशमा जाने हो, त्यस देशको कुनै पनि विश्वासयोग्य वा स्थापित कार्यालय वा होटल वा व्यक्तिले स्पोन्सर (ग्यारेण्टी) गरेपछि मात्र दोश्रो देशको नागरिकलाई प्रवेशाज्ञा जारी गर्ने व्यवस्था रहेको छ । यसै अनुरुप मेरो र परिवारका लागि प्रवेशाज्ञा पनि दोहा स्थित नेपाली राजदूतावासको स्पोन्सरसिपमा जारी भएको छ । फेरि प्रवेशाज्ञा विद्युतीय (अनलाइन) तौरमा जारी हुने र सो भीसा इमेलबाट प्राप्त गर्न सकिने प्रावधान समेत रहेको छ । वास्तवमा खाडी देशका भीसा जारी गर्ने व्यवस्था एक प्रकार अनौठो लागेको लाग्यो मलाई । प्रायः विश्वका केही अपवाद मुलुकमा बाहेक अन्य देशहरुले राहदानीमा नै भीसाको छाप वा स्टिकर लगाई दिने गरेको पाइन्छ । तर कतारले अन्य देशका विशिष्ट पदाधिकारीको भ्रमण भए पनि, कूटनैतिक पदाधिकारी आउने भए पनि, कम्पनीहरुमा कामदारका रुपमा आउने भए पनि, पर्यटनका लागि आउने भए पनि, आउनेहरुलाई कागजी भीसा वा इण्टरनेटबाट प्रिण्ट गर्न सकिने भीसा जारी गर्ने प्रचलन रहेछ ।

जे जस्तो भीसा व्यवस्था भए पनि हाम्रो भीसा हात परेपछि काठमाडौबाट कतार जानका लागि सुरुची ट्राभलले कतार एयरको जनवरी १३, २०११ को उडान नं. ३५३ को अपरान्ह बाह्र बजेर पैतालीस मिनेटमा प्रस्थान गर्ने गरी टिकट बुक गरेर दिइसकेको छ मलाई । त्यही अनुरुप तयार भएर त्रिभुवन विमानस्थलमा आइपुगेका छौँ रत्न र म । पहिले जर्मनी जाँदाको उत्सुकता र अमेरिका जाँदाको जस्तो उमङ्ग पटक्कै छैन यस पटकको यात्रामा । बरु चार वर्षअगाडि नयाँ दिल्ली जाँदा बडो उत्साही र खुसी भएको कुरा सम्झिरहन्छु म ।

उडान भर्नका लागि चाहिने राहदानी, प्रवेशाज्ञा (पेपर भीसा) तथा टिकट र साथमा लैजाने लगेजहरु लिई कतार एयरको काउण्टरमा गएर बोर्डिङ पास लिने काम गर्यौँ विधिवत रुपमा । त्यसपछि विद्युतीय भर्याङ् प्रयोग गरी एक तला माथि गई हरियो रङ्गको गमनपत्र भरी अध्यागमनका अधिकारीलाई बुझाउँदै राहदानीमा प्रस्थानको छाप लगाउन लगाई सुरक्षा जाँचको लागि महिलातर्पm रत्न र पुरुषतर्पmको लाइनमा आपूm बसेर ह्याण्ड व्यागेजहरु जचाइ ट्रान्जिट लाउन्जमा भित्रियौँ हामीहरु । ट्रान्जिटमा लामै समय बस्नुपर्ने भयो । यही मौकालाई सदुपयोग गर्दै केही साहित्यिक मित्रहरुलाई फोन गर्ने काम गरेँ मैले । फोन गर्ने क्रममा सर्वश्री अशोक खन्ना (सम्पादक इण्डो एसियन लिटेरचर, दिल्ली), सुतिन्दर सिंह नुर (भाइस प्रेसिडेण्ट साहित्य अकादेमी, दिल्ली), डी.आर.थापा (अनुवादक दिल्ली), तुलसीहरि कोइराला (सहायक सम्पादक मधुपर्क), व्याकुल पाठक (पत्रकार तथा सम्पादक), मदन लामाखुले (कवि), प्रेमबहादुर राई एवम् उध्दवप्रसाद राई आदि । उहाँहरुमध्ये प्रेम काका तथा भतिज उध्दव वि.सं. २०५४ सालदेखि छाङ्छाहरुको संस्कृति एवं परम्परा वा मुध्दुम संकलन गरी पुस्तक प्रकाशित गर्ने कार्यमा लाग्नु भएको र त्यससम्बन्धी कार्यहरु कसरी अगाढि बढाउने भन्ने सल्लाह सुझाव मैले दिँदै आएकोले सो बारे कुरा गर्नु थियो भने साहित्य एकेडेमी भारतका श्री सुतिन्दर सिंह नुरलाई नेपाल प्रज्ञा प्रतिष्ठान र साहित्य अकादेमीबीच सम्झौता गराउने सम्बन्धमा आपूmले बीचको भूमिका खेलिरहेकोले सोबारे खबर गर्नुपर्ने थियो । म दिल्लीमा कार्यरत रहँदा ज्ुनसुकै कार्यक्रममा भेटघाट हुँदा पनि नेपाली र भारतीय साहित्यकारहरुबीच सम्बन्ध बढाउनु पर्यो । यसको लागि साहित्य अकादेमीको तर्पmबाट जो चाहिने पहल म गर्छु र नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुसँग तपाईले पहल गरी दिनु पर्यो भन्दै बारम्बार आग्रह गरिरहनु हुन्थ्यो उहाँले । यसै क्रममा बाराखम्वास्थित नेपाली दूतावासमा आएरै पनि सो विषयमा मसँग छलफल गर्नुभएको थियो । नेपाली र भारतीय साहित्यकारहरुबीच सम्बन्ध राम्रो भएमा दुवै देशलाई फाइदा पुग्ने भएकोले सक्दो यस विषयमा नेपाल फर्की गएपछि पहल गर्ने आश्वासन समेत दिएको थिएँ श्री नुरलाई । मेरो कुरा सुनेर निकै खुसी हुनुभएको थियो साहित्य अकादेमी भारतका भाइस प्रसिडेण्ट श्री नुर ।

म नेपाल फर्की आएपछि सो सम्वन्धमा नेपाल प्रज्ञा प्रतिष्ठान गई कुलपति श्री बैरागी काइला, उपकुलपति श्री गंगाप्रसाद उप्रेती, सदस्य सचिव श्री सनत रेग्मी, प्राज्ञ सुलोचना मानन्धर तथा बूँद रानासँग छलफल चलाएँ । सोही अनुरुप प्रतिष्ठानका कुलपतिले सो सम्वन्धमा कुरा अगाडि बढाउन सदस्य सचिव श्री रेग्मीलाई सो को जिम्मेवारी दिनु भएकोले सो सम्वन्धमा जानकारी गराउनु थियो । आपूm नेपाल छोडी कतारतर्पm जान लागेकोले सो सम्वन्धमा मध्यस्थता गर्न वा कुरा अगाडि बढाउन आफूबाट सम्भव नभएकोले आइन्दा सीधै नेपाल प्रज्ञाप्रष्ठिानका सदस्य सचिवसँग कुराकानी गर्नको लागि जानकारी दिनुथियो । र उहाँलाई फोनबाट नै सबै कुरा अवगत गराउने काम समेत ट्रान्जिट लाउञ्जमा बसेको समयमा नै गरेँ ।

यस्तैमा हामी उडान हुने जहाज कतार एयरवेज निश्चित समयमा उडान हुन नसक्ने स्पष्ट जानकारी मिलेपछि छटपटिना थाले विमानस्थलको प्रस्थान कक्ष (डिपार्चर लाउन्ज) का यात्रुहरु । उडान नै रद्द हुने त होइन भन्दै यात्रुहरुका मुहारमा शंकाको बादल मडारिरहेको स्पष्टै देख्न थालँे मैले । तर कतार एयर भएकोले रद्द नै त नहोला भन्ने आशा गरेर चुपचाप प्रस्थान कक्षको प्लाष्टिकको कुर्सीमा जुकाजस्तै टाँस्सिएर बसिरहेको छु म ।

कतार लगायत अन्य अरवको खाडी क्षेत्रका देशमा बालुवामा सुनको खेती गरी आप्mनो घर र भविष्यलाई उज्ज्वल वनाउन तथा सपनालाई विपनामा बदल्ने उद्देश्यले पाइला उचालेका नेपालीहरुको भीडको निकै चहलपहल छ अहिले । उनीहरुको सपना र भविष्य बारे मनमनै सोच्न थाल्छु म । यसमध्ये कतिले आप्mना परिवार हसाउन सफल हुने छन् । आप्mना भविष्यलाई चम्काउन सक्नेछन् । र कति जनालाई आप्mनै पैसाको बोझ भनौ वा ऋणको अजङ्गको पहाडले थिचिएर उठ्नै नसक्ने गरी थला परेर फेरि यही विमानस्थलमा अध्याँरो मुहार लगाउँदै नेपाल फर्कने हुन् । कतिपयले आप्mनो जीवनलाई पूर्णरुपमा अरबमा नै विसाएर केवल पार्थिव शरीर मात्र काठको बाकसमा फर्काएका धेरै समाचारहरु पनि सुनेको कुरा झलझली सम्झिरहेको छु यसबेला । भीडभाड र हल्लाखल्लाको वीचमा एक्लै हराएर टोलाइरहन्छु म । आज हामीसँगै अरबका लागि यात्रा गर्ने यात्रुहरुको अवोध अनुहारहरु एकएक गरेर पढ्ने कार्यमा लाग्छु म । र मनमनै पिरिन्छु पनि । आप्mनो देशले रोजगारीको अवसर दिएको भए किन विदेशिनु पर्ने थियो र ? कल कारखाना, उद्योगधन्दा र विकास निर्माणको कार्य तीव्र गतिमा भएको भए रोजगारीको छेलोखेलो हुन्थ्यो आप्mनै देशमा । नदीनाला त्यसै खेर गइरहेका छन् विद्युत निकाल्न सकिन्थ्यो । पर्यटकलाई आकर्षण गराउने स्थानहरु नेपालभरि यत्रतत्र छन् । यातायातको विकास, आधारभूत आवश्यकताको निर्माण गर्नकासाथै उचितरुपमा प्रचारप्रसार गरेर पिछडिएका र ओझेल परेका रमणीय पर्यटन केन्द्रहरुमा रोजगारीका अवसरहरु श्रृजना हुन्थे । यस्तो स्थिति कहिले आउला नेपालमा आपैm निरुत्तर बन्छु म । चारैतिर नजर डुलाउँछु प्रतीक्षालयमा । कहिल्यै विमान नचढेका । कहिल्यै नजिकबाट विमान नदेखेका धेरै अनुहारहरु छन् । भित्र कतै डर भए पनि उनीहरुको अनुहारमा अलिअलि खुशी भने सल्बलाएको अनुभूति गर्छु म । अझ भनौँ सुनौलो सपनालाई च्यापेर अरब यात्रामा जुटिरहेका छन् अनिश्चित भविष्यलाई साथमै लिएर यात्रुहरु । विरानो देश, वेग्लै भाषा, अनौठो भेष, नितान्त फरक संस्कृति, परम्परा, अपरिचित अनुहारको भीडभित्र मिसिएर आप्mनै र घर परिवारको भविष्यलाई समेत दाउमा लगाएर उत्साहित हुँदै परदेश यात्राका लागि निस्किएका सयकडौ यात्रुहरुको वीचमा धुमधुमती बसेर सोचिरहेको छु म ।

यस्तैमा तेह्र वजेपछि सबै यात्रुहरुहरुलाई बसमा राखी कतार एयरवेज पार्क गरी राखिएको स्थानतर्पm लैजाने काम भयो र क्रमशः जहाजमा चढ्ने क्रम शुरु भयो भरेङबाट । सानो ल्यापटप र हाते झोला बोकेर उक्लिएँ म पनि अन्य यात्रुहरुजस्तै । र तोकिएको सीटमा बस्याँै रत्न र म । मेरै छेउमा पाँचथरकी एक वहिनीको सीट परेछ । छोटो कुराकानी भयो सीटमा बस्ने क्रममा नै । ती बहिनीकी एकजना गाउँकै साथी केही समयदेखि कतारमा काम गर्दै गरेकी रहेछिन् । सो सम्वन्धमा स्पष्ट पार्दै भनिन्–“पथरी मोरङकी मेरी साथीले कतारमा काम गर्न आउने इच्छा भए भीसा मिलाइ दिन्छु भनेकी र मैले स्वीकृति जनाएको थिएँ । त्यसैले साथीले प्रवेशाज्ञा पठाई दिएकीले अहिले कतार जान लागेकी छु ।” वास्तवमा तिनीसँग कुराकानीको क्रमभने हवाइ जहाजमा तिनको सीटको अगाडि रहेको टेलिभिजनमा च्यानल मिलाउन आएन भनी सहयोग मागेकीले छोटो कुराकानी भएको हो मेरो । जहाजको सीटमा कसरी बस्ने तथा जहाजमा दिने चीज कसरी खानेजस्ता सामान्य कुराहरm नै नजानी यात्रामा निस्कन्छन् मान्छेहरु । यस्ता सामान्य कुराहरु जाने बुझेका भुक्तभोगीहरुसँग सोधेर आवश्यक जानकारी लिएर यात्रा गर्नु उपयुक्त हुन्छजस्तो लाग्छ मलाई । तर यस्तो सोच राख्ने व्यक्तिहरुको निकै अनिकाल छ नेपालमा । आपूmले नजानेको कुरा अरुसँग सोध्दा सानो भइन्छ वा केही नजान्ने भइन्छ भन्ने मानसिकताले ग्रसित छौँ हामीहरु । फेरि बैदेशिक रोजगारीमा पठाउने कम्पनीहरुले पनि र रोजगारीमा जानेहरुलाई सानातिना आधारभूत तालीम तथा व्यवहारिक ज्ञान दिलाएर पठाउनु पर्ने हो । तर त्यस्तो भएको पाइन्दैन । जसबाट पहिलो चोटी हवाइ यात्रा गर्नेहरुलाई निकै अप्ठेरो परिरहेको महसुस हुन्छ ।

यसैवीच मनमनै सोचेँ मैले यी वहिनीले अरबमा कामको अवसर रोज्नुमा बेग्लै परिस्थितिले भूमिका खेलेको होला । तर नेपाली, भारतीय, वंगलादेशी, श्रीलंकन्, इण्डोनेसियन तथा फिलिपिनो आदि देशका युवती तथा महिलाहरुले भविष्यको खोजीमा खाडी देश रोज्नु भनेको ठूलै चुनौति रोज्नु हो भन्ने मेरो ठम्याई रहेको छ । हाउस मेड बाहेकका अन्य कामको लागि जानेहरु धेरै हदसम्म सुरक्षित रहन्छन् भन्ने कुरामा विश्वास छ मेरो । तर हाउसमेड र त्यससँग सम्वन्धित कामको क्रममा जानेहरुको बारेमा भने ठोकुवा गरेर भन्न सक्ने पक्षमा छैन म । धेरै अगाडि जीन सासन ९व्भबल क्बककयल० ले सम्पादन गरेकी सउदी राजकुमारीको वायोग्राफी प्रिन्सेस ९एचष्लअभकक० पढेको कुरा झल्झली सम्झिएँ मैले । र त्यसमा उल्लेख गरिएकी एक विदेशी युवती सउदी अरेवियामा हाउसमेड भएर पुग्दाको अवस्था सँगैबसेकी युवतीको अनुहारभरि सल्वलाइरहको नजानिँदो किसिमले देखेँ । तर यस अवस्थामा केही भनी हाल्न उचित सम्झिनँ मैले । तैपनि खाडी देशमा भविष्यको खोजीमा जाने दिदी वहिनीहरुले एक पटक जीन सासन ९व्भबल क्बककयल० ले सम्पादन गरेकी सउदी राजकुमारीको वायोग्राफी प्रिन्सेस ९एचष्लअभकक० पढेर मात्र निर्णय गरेमा निकै राम्रो र सुरक्षित समेत हुने थियो भन्ने कुरा भने मनमा खेलाइ रहेँ मैले ।

कुरा कतार यात्राको हो तर कुरा अन्यत्रतिर मोडिएछ क्षमा चाहन्छु म पाठकहरुसँग । उडानको क्रममा केही कुरा लेखिहालौँजस्तो पनि लाग्छ । कलम र कपी निकाल्छु म । आज विहानै आइपुग्नु भएको थियो दीपक ढुंगेलजी र उहाँका भाई । मायाको चिनो भनेर कलम र डायरी ल्याइदिनु भएको थियो दीपकजीले । मेरो साहित्यिक यात्राको बारेमा एम्.ए.को थेसिस लेखिरहनु भएको छ दीपकजीले । मेरो अनुपस्थितिमा केही गाह्रो परे इमेलबाट खवर गर्नको लागि अनुरोध गरेँ उहाँलाई । बडो लगनशील, भद्र, नम्र र मिहनेती हुनुहुन्छ दीपकजी ।

विमानमा जडान भएको टेलिभिजनतर्पm आँखा लगाउँछु सुटुक्क । विमान उडान भएको दिशाबाट पश्चिमतर्पm मक्का रहेको सूचित गदै (काठमाडौँबाट मक्का २८९३ माइल वा ४६५६ कि.मि.टाढा) अनवरतरुपमा बढिरहेको छ विमान । मक्काको दूरी घट्दै आएको छ भने काठमाडौँको दूरी स्वभाविकरुपले बढ्दै गएको छ अहिले । कतार एयर काठमाडौँ, नयाँदिल्ली, कराँची, अजमान हुँदै दोहाको सीघा उडानमा रहेका छौँ हामीहरु यसबेला ।

करीव सवा तीन घण्टाको यात्रापछि विमानबाटै जमिनतर्पm चियाएँ मैले । बालुवै बालुवाले ढाकिएका जमिनहरु देखिन थाले चारैतर्पm । एक प्रकारले रमाइलो अनुभूति भयो मलाई । बालुवाको मैदान, बालुवाकै थुम्काथुम्की, पहाड र अग्ला हिमालजस्ता आकारमा उपस्थित भएका छन् बालुवाको समूह । चारपाने झापाबाट शुरु भएको चुली पर्वतमालाजस्तै लागिरहेछ मलाई कताकता । बालुवाबाट बनेका घना जङ्गलजस्ता दृश्य, बालुवाबाट निर्मित उकाली ओह्राली, भर्खरै गोरुगाडा हिडेको तराईको भूमिजस्तो, डोजरले खनेको भुइँजस्तो लागिरहेको छ मरुभूमिका अनौठा दृश्यहरु । बालुवा वग्ने बालुवाकै खोलोजस्तो आकार देखिंदा रमाइलो लगिरहन्छ कताकता । कतै कालो बादलको राशी र कतै फुस्रो रङ्गका बालुवाको खानी देखिन्छ तल जमिनमा । विना बालीको टारी खेतजस्तो पनि लाग्दै छ कताकता बालुवाका समूहहरु ।

नेपाली मन, मुटु र हृदय लिएर यात्रामा निस्किएपछि हातको घडीले पनि नेपाली समय नै देखाइ रहेको छ अहिले । तर अहिले यात्रारत स्थानको समय हुनै सक्दैन यो । किनकि प्रस्थान विन्दुबाट जति पश्चिमको यात्रा तय गरिन्छ । त्यत्तिनै समय ढिलो भएर जाने क्रम हुन्छ । तै पनि सम्पूर्णतामा नै नेपाली भएपछि अरु हुने त कुरै भएन । तर दोहामा अवतरण भएपछि भने आपूmलाई धेरै किसिमले वदल्नु पर्ने हुन्छ मैले । र मैले त्यसलाई आत्मसात गर्न सकिनँ भने कतार बसाइ एकदम निरर्थक हुन्छ मेरो । किनकि देश छोडेर आएको छु । सबै आफन्तहरु छोडी आएको छु । बाल्यकालका सखादेखि वयस्क हुँदासम्मका साथी सँगीहरु सबैसबैसँग विछोडिएको छु अहिले । जे उद्देश्यले कतारको यात्रामा जुटेको छु त्यो भन्दा अर्को उद्देश्यको पूर्तितिर लाग्ने काम गरेँ भने अवश्य बाटो भुलेको यात्रुजस्तै रन्थनिने छु । त्यसैले एक गन्तव्य र एक उद्देश्यभन्दा अर्को कुनै चीजको चाह राखेको छैन मैले ।

मरुभूमिको आकाशमा उडिरहँदा पातलो रुपमा कुहिरो आएर छोप्न लागिरहेको छ तलको बालुवादार जमिनलाई । विस्तारै बाक्लिंदै आयो कुहिरो र छिनभरमै हटेर गयो मरुभूमिका बालुवालाई नाङ्गै पारेर । मानौ यो एउटा मीठो कल्पनाको उडान हो । मीठो सपनाको पल हो । कुनै दन्त्यकथाको उत्कर्षको प्लट हो । तर पानी नवोकेका बादल किन आएका होलान् यहाँ ? आपैmलाई सोधेँ मैले । फेरि कुनै परिणाम वा प्रतिक्रिया नजनाई सुटुक्कै भागेर जानु पर्ने कस्तो वाध्यता पर्यो होला बादलका जमातहरुलाई ? यो दृश्यबाट भित्रभित्रै दुखेर आएँ म । सोचेको थिएँ – काला बादलले गम्लङ्गै अँगालो मारेका स्थानहरुमा पानी वर्षेला र युगौदेखि तिर्खाएका बालुवाहरुले शान्तिको एक मुठी सास फेर्न समर्थ होलान् भन्ने । तर त्यो विल्कुल कोरा कल्पनामा सीमित भयो । अझ भन्ने हो भने कुनै चाखलाग्दो धारावाहिक कथा स्क्रिनमा प्रसारण गर्दागर्दै वीचैमा रोकेर विज्ञापन प्रस्तुत गर्ने टेलिभिजनको पर्दा जस्तै लाग्यो मलाई मरुभूमिमाथिको आकाश र विनसित्तिमा जिस्किन आउने बादल ।

बादल, आकाश र बालुवाको बीचमा दौडिरहेको विमानका भ्mयालहरु एकदम प्रिय भएका छन् मेरा लागि । प्रत्येकपल भ्mयालका सिसाहरुबाट दृष्टिहरु बाहिरी रहन्छन् । र दृश्यहरु बटुल्ने क्रममा तल देख्छु एव्स्ट्राक्ट कलाजस्तै बनेर उभिएका छन् बालुवाका ढिस्काहरु । सानो नहरजस्तै देखिन्छ यदाकदा । लाग्छ अरेवियन समुद्र नजिकिंदै छ यसबेला । घडीमा आँखा लगाए नेपाली समय सोह्र वजेर पचास मिनेट गएछ अहिले । तल निलो जलराशी देखियो र जलराशीको किनारैकिनार भएर हुइकिइ रहेको छ विमान । समुद्र माथि उडिरहँदा शीतलताको अनुभव त भयो मलाई । तर मनमा भने कत्ति शान्ति र अमन चयन भएन मेरो । बालुवा तिर्खाएको छ वरिपरि । जसरी काठमाडौँ तिर्खाएको प्रत्यक्ष अनुभवसँगै लिएर यात्रारत छु अहिले । काकाकुल गाग्री, प्लास्टिकका बाल्टी र भाडाहरुको लामो लाइनको पछिको भागमा निरीह अनुहार लगाएर उभिइरहेको अनुभव गरिरहेको छु म यसबेला । तर यथार्थमा अहिले म निलो पानीको सागरमाथि विमानमा उडिरहेको छु । देखिरहेको छु यसबेला काला बादलका हुलहरु निलो समुद्रको माथि मात्र कालाम्मे भएर मडारिरहेको छन् । कस्तो अर्घेलो दृश्यको अगाडि यात्रारत छु म । बडो नमज्जा लागिरहेको छ मलाई । लाग्छ समुद्रको मात्रै नजिकको इष्ट रहेछ अरबको बादल । नत्र किन समुद्रको माथिमात्रै देखिन्छन् त काला बादलका जमात । मनमनै प्रश्न गर्छु म ।

सत्र बजेर तीस मिनेट जाँदा कवि, गीतकार एवं वर्तमान श्रम सचिव दिनेश अधिकारीसँग जम्का भेट भयो उडानकै क्रममा । गैर आवासीय नेपालीहरुको वैठकमा सहभागी हुन संयुक्त अरब इमिरेतका लागि उडान भर्दै हुनुहुन्छ उहाँ । अकास्मात् भनाँै वा संयोगले भेट भयो हाम्रो कतार एयरको उडानमा । धेरै पहिलेदेखिको चिनजान भएकोले खुशी लाग्यो उहाँलाई भेट्न पाउँदा मलाई । उहाँसँगै उडान भर्दै हुनुहुन्थ्यो अनिल गजमेर । दुवैजना इमिरेतमा आयोजित कार्यक्रममा भाग लिन जाँदै हुनुहुँदो रहेछ । केहीबेर भलाकुसारी गर्ने काम भयो उडानकै समयमा ।

यस्तैमा उन्नाइस पन्द्र बजे वा स्थानीय समयानुसार अपरान्ह सोह्र बजे विमान अवतरण भयो दोहा अन्तरराष्ट्रिय विमानस्थलमा । विमान रोकिए पछि एयरपोर्ट सर्भिसका बसहरु आएर रोकिए धमाधम । बस चढ्नेहरुलाई सूचित गर्न पहेँलो वोर्डिङ पास भएकाहरु ट्रान्जिट विल्डिङमा झर्न र हरियो बोर्डिङ पास भएकाहरुले अध्यागमन भवनमा ओर्लन अनुरोध गरियो । यस्ता विभिन्न रङ्गका बोर्डिङ पासहरु उडान भर्ने अनुमति दिँदा विमानस्थल काउण्टरबाट नै दिइने गरिन्छ । त्यसै अनुरुप हाम्रो हरियो रङ्गको बोर्डिङ पास भएकोले अध्यागमन भवनको अगाडि ओर्लिएर आगमनको छाप लगाउन लाइनमा लाग्यौँ हामीहरु । लाइन लामो देखेर रत्नलाई लाममै बसिरहन भन्दै सरकारी कर्मचारीकालागि केही सुविधा पाइन्छ कि भन्दै सोध्ने काममा लागेँ । नभन्दै कूटनैतिक कर्मचारीहरुलाई सुविधा दिइने रहेछ । त्यसपछि लामो लाइनलाई छोडी अर्कै लाइनबाट बाहिरिने काम गर्यौँ रत्न र मैले । ठीक यसै बेला हामीलाई लिन भनी नेपाली दूतावास दोहाका तात्कालीन उप नियोग प्रमुख श्री रामकाजी खड्का र नेपाल एयर लाइन्स कतारका लागि डाइरेक्टर श्री नरबहादुर राईजीसँग भेट भयो । आपसमा खुशीका क्षणहरु साट्यौ हात मिलाउँदै । श्री राईजी पुरानो मित्र हुनुहुन्छ मेरो । उहाँसँगको मित्रता करिव तीन दशकभन्दा बढी भै सकेको छ मेरो ।

कतारको भूमिमा सर्वप्रथम भेटघाट नै परिचित अनुहारसँग हुन गएकोले काठमाडौँ छोडेर दोहा आइपुग्दा पनि खासै नियास्रो अनुभूति भएन मलाई । फेरि आगमन कक्षमा काम गर्नेहरु पनि धेरै जना नेपाली अनुहारहरु देख्दा विरानो भूमि हो भन्ने पटक्कै लागेन मलाई । विमानस्थलको आगमन कक्षबाट वाहिरिए पछि श्रम सहचारी श्री ध्रुवप्रसाद कोइराला, चालकद्वय सर्वश्री दिल सुनार र अलिमुद्दिन मियासँग चिनजान भयो । एक प्रकार नेपालको कुनै भूभागबाट विमानको यात्रा गरेर नेपालकै अर्को भूभागमा पुगेजस्तो अनुभूति भयो मलाई ।

यसरी पाँच घण्टाको सीधा उडानबाट दक्षिण एशियाको देश नेपालबाट खाडीको देश कतार आइपुगेँ म । नयाँ भूमिमा पाइला राख्दा अव्यक्त तर एकदम खुशीले पुरिएँ म । दोहा अन्तरराष्ट्रिय विमानस्थलबाट वाहिँरिँदा मरुभूमिलाई आप्mनो कार्यक्षेत्र वनाएर वहने हावाले नितान्त वेग्लै किसिमको सुगन्ध लिएर मसामु उपस्थिति जनाउँदै एकदम मायालु पाराले विस्तारै स्पर्श गर्यो भने पर बाटोका किनारहरुमा एक्ला वृहस्पतिजस्तै ठिङ्ग उभिएका खजुरका वृक्षहरुले हरियो मुस्कानका साथ स्वागत गर्यो हामीलाई । तैपनि म अरब आइपुगेको आभास भने विमानस्थल भित्र र वाहिरको दृश्यले विश्वास दिलाइ रहेको छ । किनकि अहिले मेरो आँखामा ठोक्किइ रहेको छ नितान्त वेग्लै पहिरन र परिधानमा सजिएका समूहहरु । टाउकोमा लामो रुमाल, कालो रङ्गको गोलाकार रिङ् तथा गोलीगाँठो छोप्ने सेतो (तोप) पहिरेका अधिकांश पुरुषहरु र कालो रुमालले टाउको छोपेर कालै म्याक्सीजस्ता लामो लुगा अर्थात् बुर्काले कुर्कुच्चासम्म छोपेका महिलाहरु सल्वलाएका दृश्यहरु ।

आगामी मेरा दिनहरु कसरी वित्ने होलान् कतारमा ? जीवनको केही वर्षका लागि भए पनि मेरो ठेगाना नयाँ हुने छ । रहन सहन केही मात्रमा वेग्लै हुनेछ । साथी भाइ नयाँ हुने छन् । अनुभूति नयाँ हुने छ । नयाँ देशको भाषा, रीतिरिवाज, पहिरन र खानपानमा पनि भिन्नता हुने छ । यस्तै कुराहरु मनमा खेलाउँदै सामानहरु कारमा राखी दोहा सहरका लागि प्रस्थान गर्ने काम भयो । अस्ताउँदो सूर्यले आकाशको डिलमा बसेर चियाइरहेको छ भने सडकका दुवै छेउमा रहेका विजुलीका पोलहरुमा जडान बत्तीहरु भने जुर्मुराउदै अध्यारोलाई परास्त गर्ने क्रममा रहेका छन् यसबेला ।

(भर्खरै साझा प्रकाशनबाट प्रकाशित नियात्रा सग्रह ‘दोहाको सीधा उडान’ को पुस्तक अंश ।)

प्रतिक्रिया दिनुहोस्