द्धन्द फैलाउन खोज्नेलाई कडा कारवाहीः जनजाती महासंघ


काठमाडौ, २६ वैशाख । नेपाल आदिवासी जनजाती महासंघले धार्मिक साम्प्रदायिक द्धन्द्ध फैलाउन खोज्नेलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएको छ । महासंघले विज्ञप्ती जारी गर्दै हिन्दु धर्म गुरु श्रीनिवास आचार्यले आफुले आफैलाई गोली हान्न लगाएको घटना षयन्त्रपूर्ण भएको बताएको हो । सुनियोजित रुपमा घटाइने यस्ता घटना निन्दनीय भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्