द्रुत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि कार्यदल गठन


७ पुस । सरकारले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे वार्ता गरेर समस्या समाधान गर्ने भएको छ । त्यसैगरी बैठकले काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

बैठकले भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने/नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारेमा एक महिनाभित्र सो कार्यदलबाट सुझाव लिने निर्णय गरेको हो । सरकारले सो मार्ग आफैँले बनाउने यसअघि घोषणा गरिसेको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दु्रर्त मार्ग बनाउन आम नागरिकसँग आह्वान गरी रकम सङ्कलन वा सरकारका कुनै संस्थाका रकम खर्च गर्ने भन्नेबारेमा कार्यदलले सुझाव दिने जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको थियो । बैठकले  संविधान प्रदत्त बाटोबाट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाखबाट पुरस्कृत गर्ने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्