धनकुटामा विमानस्थल निर्माणका लागि पहल गर्छुः प्रधानमन्त्री


५ कार्तिक । धनकुटाका राजनीतिक दलहरुले शुक्रबार प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा भेट गरेका छन् । सर्वदलीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग जिल्लाको विकास निर्माणबारे छलफल गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि मण्डलले जिल्लामा विमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भेटमा जिल्लाका विविध समस्याबारे पनि छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीले धनकुटामा विमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सकारात्मक सन्देश जाने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्