धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी


काटमाडौँ, १४ चैत । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्