धनीरामलाई गम्भीर आरोपः नौटंकी गर्दै अर्धभूमिगत भए


काठमाडौं ।

थरुहट तराई पार्टी नेपालले विज्ञप्ति नै निकालेर थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनीराम चौधरीको तीव्र आलोचना गरेको छ । थरहट तराई पार्टी नेपालका सचिव मिन राज चौधरीको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा धनीरामको भूमिका सन्तोसजनत नरहेको उल्लेख गरिएको छ ।

‘धनीरामलाई थरुहट/थारुवान संयुक्त संघर्ष समितिको संयोजक बनाउदा सबै घटक संगठनको सल्लाह अनुसार बनाइएको हो । संघर्षको प्रारम्भमा उहाँको भूमिका सन्तोषजनक थियो तर टिकापुर घटना पछि उहाँ गुमनाम हुनु भएको छ ? शान्तिपूर्ण आन्दोलनमा जनताका बिचमा नेताहरु हुन्छन तर संयोजक प्रहरीले समाउला कि भन्दै नौटंकी गर्दै अर्धभूमिगत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले समाउन खोज्यो भने छिनभरकै कुरा हो । थरुहट आन्दोलनकर्मीहरुलाई जेलबन्दीमा राखेर, मुद्धा लगाएर, टाउको फुटाएर संयोजक लाई नैतिकताको हिसाबले पनि लुकेर बस्न मिल्दैन ? कोठामा लुकेर प्रेस विज्ञप्ति फाल्दैमा आन्दोलन उठ्नै सक्दैन न त नेतृत्वप्रति जनताहरुको विश्वास बढछ ।’

विज्ञप्तिमा धनीरामलाई सचेत हुन भनिएको छ । ‘हामीले संयोजकलाई यसप्रति सचेत गराउदै प्रहरी प्रशासलाई चुनौती दिदै हिम्मतका साथ संघर्ष गर्न जनताहरुको बिचमा जान आग्रह मात्रै गरेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हरेकबाट कमी कमजोरी हुन्छन तर अगाडि जादा सुध्रिनु पर्दछ भन्ने हाम्रो मान्यता हो । यसर्थ गरिमामय संस्था था.क.स.संग कुनै आग्रह पूर्वाग्रह होइन, धनीराम चौधरीको नेतृत्वको शैली र प्रवृति प्रति हाम्रो सवाल छ ?’

सामाजिक सञ्जाल फेसबुकमा थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयको नाम बाट खोलिएको त्यसैगरी विज्ञप्ति मार्फत नै उक्त पार्टीले नक्कली फेसबुक एकाउण्ट बाट थरुहट आन्दोलन विभाजन गर्ने कार्यमा थरुहट तराई पार्टी र पार्टी सम्वद्ध केही व्यक्तिहरुको नाम जोडेर पोष्ट गरिएको सामाचार प्रति पनि गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । ‘पूर्वाग्रही ढंगबाट कपोकल्पित एवं निराधार आरोपको भत्र्सना गदै हामी खण्डन गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्