धमाधम चिठ्ठा तान्दै राष्ट्रिय सभाका सांसदहरु, अध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष


काठमाडौ, ४ असार । राष्ट्रिय सभाका सदस्यहरुको कार्याकाल गोलाप्रथाबाट निर्धारण गरिदैछ। यसमा महिला सदस्यहरुको कार्याकालको निर्धारण गरिसकिएको छ ।सोमवार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आफ्नो कार्यकालको लागि आफैले चिट्ठा तानेका थिए।
यसैबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ ।
यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठ्ठा परेको छ । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्