धरानमा कार र बस ठोक्किदा ३ जनाको मृत्यु,५ जना घाइते


धरान, ३० चैत । सुनसरीको धरानमा कार र बस आपसमा ठोक्किदा, ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नं। को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका डीएसपी ज्ञानेन्द्र फुयालका अनुसार अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्