धर्मपत्नी आरजुसहित सभापति देउवा भारत प्रस्थान


१९ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन भारत प्रस्थान गरेका छन् ।  सभापति देउवा शुक्रबार नै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह,कांग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्नेछन् ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिने बुझिएको छ । धर्मपत्नी एवम् सांसद आरजु देउवा राणासहित भारत गएका देउवा कात्तिक २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्