धर्म रक्षा यूवा परिषद् निर्माण


२६ भदौ । धार्मिक—आध्यात्मिक संघ–संस्थाहरुको साझा संगठन सनातन हिन्दू मोर्चाले हिन्दू राष्ट्रको विरासतलाई पुर्नस्थापित गर्न सशत्त आन्दोलन गर्ने भएको छ । राजधानीमा दुईदिनसम्म चलेको सम्मेलनले यस्तो निर्णय गरेको हो ।

सम्मेलनले धर्म रक्षा यूवा परिषद् निर्माण गर्ने पनि निर्णय गरेको छ । धर्म रक्षा युवा रक्षा परिषदको संयोजक दिपक थापालाई तोकिएको छ । थापाको नेत्रृत्वमा पाँच हजार यूवाहरुलाई प्रशिक्षण दिइने मोर्चाले जानकारी दिएको छ ।

आगामी चैतसम्म युवादस्ता निर्माण तथा प्रशिक्षणका कार्यक्रम सम्पन्न गर्ने र वैशाखदेखि हिन्दूराष्ट्रका लागि सशक्त आन्दोलन गर्ने सनातन हिन्दू मोर्चाका अध्यक्ष प्राडा माधव भट्टराईले जानकारी दिए ।

मुलुकभरका दुईसय भन्दा बढी धार्मिक—आध्यात्मिक संघ–संस्थाका प्रतिनिहिरुको सहभागितामा सम्पन्न सम्मेलनले सनातन हिन्दूराष्ट्र नेपाल निर्माणका लागि साझा धार्मिक—अध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने पनि घोषणा गरेको छ । मोर्चाका महासचिव भरतराज पौड्याले अब धार्मिक संघसंस्थाहरु खण्डित भएर होइन एकृकीत भएर हिन्दूराष्ट्र निर्माणका लागि लड्ने जानकारी दिए ।

विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय समिति डलरमा विक्री भएको र अन्तराष्ट्रि मञ्चहरुमा हिन्दूराष्ट्रका पक्षमा आवाज उठाउन नसकेको आरोप उनीहरुले लगाएका छन् । सनातन हिन्दू मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले आगनमी कार्तिक मसान्तभित्र विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय समितिलाई सच्चिने अन्तिम मौका दिने र कार्तिक समान्तभित्र पनि नसच्चिए फागुनमा धार्मिक संघ–संस्थाहरुको महासम्मेलन गरेर वर्तमान कार्यसमितिलाई अपदस्त गरेर नयाँ कार्यसमित बनाउँने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्