धादिङमा पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु


धादिङ,६ साउन । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काका बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

प्रतिक्रिया दिनुहोस्